सुर्खेत । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विविध सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै सन्दर्भमा आवाज संस्थाको आयोजनामा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तरगत सांस्कृतिक र नाटक प्रदर्शन गरिएको हो ।

हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यका लागि ऎक्याबद्धता अभियानमा आवाजले पनि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ । शिव माध्यमिक विद्यालय लाटीकोईली सुर्खेतमा जनचेतना मुलक सांस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शन गरिएको छ ।


कार्यक्रम तिलपुर टोलका चौधरी समुदायको रूपान्तरण कक्षाका किशोर किशोरीहरुले सांस्कृतिक र नाटक प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तारा बुढा, तिलपुर टोल विकास संस्थाका अध्यक्ष जागुराम थारु, विद्यालय गुनासो सुनुवाई तथा व्यवस्थापन समितिका संयोजक एवम् शिक्षक बसन्ती कँडेलसहित विद्यार्थी र स्थानीयहरु सहभागी थिए ।

नेपाल कर्म । १८ मंसिर २०८१, मंगलवार २०:१५