सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दिर्घबहादुर पोखरेलले मनोसामाजिक समस्यालाई रोगको रुपमा लिन नहुने बताएका छन् । बुधबार सिएमसी नेपालद्वारा आयोजित मानसिक स्वास्थ्य सम्बन्धि प्रदेशस्तरिय समन्व्य बैठकमा सचिव पोखरेलले समाजमा मानसिक समस्यालाई नकारात्मक दृष्टिकोणले हेरिने नभई निको हुने समस्याका रुपमा हेरिनुपर्नेमा जोड दिए । मानसिक स्वास्थ्यका बारेमा बेलैमा जानकारी नहुँदा जटिल समस्या उत्पन्न हुनेप्रति सजग रहदैँ यसका बारेमा आवश्यक सचेतना फैलाउन आवश्यक रहेको उनले बताए । प्रदेशको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीति तयार पारेको उनले बताए । सचिव पोखरेलले सबैको प्रयासबाट मात्रै मानसिक स्वास्थ्यका क्षेत्रमा सार्थक परिणाम प्राप्त गर्न सकिने बताए । मानसिक समस्याको उपचार गर्ने प्रणाली स्थानीय तहबाटै निर्माण गर्न जरुरी रहेको उल्लेख गर्दै सहकार्य गर्न तयार रहे स्थानीय तहलाई प्रदेश सरकार सघाउन तयार रहेको पोखरेलले बताए ।
यस्तै, कार्यक्रममा बारेमा प्रकाश पार्दै सिएमसी नेपालका कर्णाली प्रदेश संयोजक हिमाल गैरेले कर्णालीका १२ वटा स्थानीय तहमा मानसिक स्वास्थ्य पवद्र्धनका क्षेत्रमा काम गरिरहेको बताए । नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको उल्लेख गर्दै सिएमसी नेपालले मानसिक समस्यामा रहेका व्यक्तिलाई समाजमा अन्य मानिस सरह जीवनयापनमा सघाउ पु¥याउने कार्य गरिरहेको गैरेले बताए । पछिल्लो समय जाजरकोट भुकम्पका कारण सिर्जना हुनसक्ने मानसिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारसँग मिलेर जाजरकोट र रुकुम पश्चिममा बालबालिका, किशोरकिशोरी, विद्यालय तथा टोल समुदायस्तरमा मानसिक स्वास्थ्य प्रवद्र्धनको काम गरिहेको गैरेले बताए ।
उक्त कार्यक्रममा सहभागी मानसिक स्वास्थ्यसँग सम्बन्धित निकायका प्रतिनिधिहरुले मानसिक स्वास्थ्यको विद्यमान अवस्था र भावी रणनीतका बारेमा छलफलसमेत गरेका थिए । छलफलबाट आएका निचोडलाई भावि रणनीतिमा समावेश गर्दै लैजाने सरोकारवाला निकायले प्रतिवद्धता जनाएका थिए ।
नेपाल कर्म । ५ मंसिर २०८१, बुधबार १८:४२