सुर्खेत । रुकुम पश्चिममा श्रीमतीद्वारा श्रीमानको हत्या भएको छ ।चौरजहारी नगरपालिका–२ मा ३२ वर्षीया दिपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेको प्रहरीले जनाएको हाे।
प्रहरीका अनुसार गएराति साढे दुई बजेको समयमा दिपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या भएको हो ।
घरायसी विवादका कारण दिपाले चिर्पटले हानेर मधुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
मृतकका छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए । जानकारीका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको टोलीले दिपा कुमाललाई पक्राउ गरेको छ ।
मृतकको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल कर्म । ४ मंसिर २०८१, मंगलवार ०९:२४