सुर्खेत । प्रमुख धार्मिक शक्ति पीठ देउती बज्यै मन्दीरका पुजारीको मृत्युको कारण अझै पत्ता लाग्न सकेको छैन् । मुख्य मन्दीरको पूर्वी ढोकामा घुडा टेकेको र घाँटीमा सलले बाँधेर ढोकाको ताला लगाउने ठाउँमा बाधिएको अवस्थामा ५१ वर्षीय सरस्वती राजीको शव भेटिएको थियो । प्रहरीले बुधबार दिनभर घटनाबारे सोधी खोजी गरेपनि उनको हत्या नै भएको भन्ने ठोष आधार फेला पारेको छैन् ।
याे पनि पढ्नुहाेस् : देउती बज्यै मन्दीरका पुजारीको शव संकास्पद अवस्थामा भेटियो

बुधबार विहान ५ बजे राजीको शव मन्दीरको ढोकामा रहेको खवर प्रहरीलाई गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) रुपेश खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।

‘शवको प्रकृति हेर्दा हत्या नै गरेर झुण्डाइएको हो जस्तै देखिन्छ,’ खड्काले भने, ‘प्रारम्भीक अनुसन्धानमा त्यस्तो ठोस प्रमाण भने भेटिएको छैन् । परिवारका अन्य सदस्यसाग सोधपुछ गरिहेका छौं ।’
राजीको शव निकाल्दा मदिरा सेवन गरेको स्माइल धेरै आएको प्रहरी अधिकृत बताउँछन् । शरिरका अन्य भागमा हानेकाे वा कुनै धारिलाे हतियारबाट चाेट पटक र घाउ समेत नभएकाे प्रहरीले जानकारी दिएकाे छ ।

‘प्रारम्भीक रुपमा हत्या हो जस्तो लाग्दैन । यो अवस्था पुग्ने निर्णय एक्लै उहाँ आफैले गरेको हुन सक्ने अनुमान हो,’ एसपी खड्का भन्छन्, ‘यत्तिकैमा हामी सिमित भएका छैनौं । पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने भएकाले पर्खाइमा छौं ।’
प्रहरी स्रोतकाअनुसार मृतक राजी र उनका परिवारका सदस्यविच यसअघि विवाद हुने गरेको थियो । विवाद प्रहरी चौकी सुब्बाकुनासम्म पुगेर सहमति भएको प्रहरीले जनाएको छ । परिवारका सदस्यसँग यस विषयमा प्रहरीले सोधपुछ गरिरहेको र अनुसन्धान थप जारी नै राखेको छ ।
सरस्वती मन्दिरको पुजारीसमेत रहेको खुलेको छ। विगतदेखि नै देउती बज्यै मन्दिरको पुजारी राजी समुदायबाट गर्ने प्रचलन छ ।

नेपाल कर्म । २९ कार्तिक २०८१, बिहीबार ०८:१८