दैलेख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले खानदान र बाहुबालीका आधारमा जनमत सृजना गर्ने दिन सकिएको बताएका छन । संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित सरोकारवालाहरुबीच दैलेखमाआयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले नागरिकको अपेक्षा र आवश्यकताका क्षेत्र विस्तारसँगै चेतनाको स्तरमा बृद्धि भएको बताँउदै बाहुबाली र खानदानको आधारमा जनमत सृजना गर्ने जमाना सकिएको बताएका हुन ।
जनप्रतिनिधिका कामबारे नागरिकले मसिनो ढंगले खबरदारी गरिरहेको पनि मुख्यमन्त्री कडेलको भनाई छ । “हामीले सबै काम राम्रो गरिरहेका छौं भन्ने सबैलाई लागिरहेको छ तर नागरिकमा सन्तुष्टी देखिएको छैन, मुख्यमन्त्री कडेलले भने, नागरिक सन्तुष्टी देखिने गरि हामीले काम सम्पन्न गर्नुपर्छ ।’
संविधानले सबै तीर्नै तहका सरकारलाई आ आफना जिम्मेवारी र सीमा तोकेको बताउँदै मुख्यमन्त्री कडेलले सबै तहका सरकारले आफना सीमा र जिम्मेवारी बुझन र बुझाउन सक्नुपर्ने बताए ।
उनले भने, “संविधानले हामीलाई गच्छे अनुसारको सरकार संचालनको जिम्मेवारी तोकेको छ, हामीले आफनो गच्छे अनुसारको सरकार संचालन गर्नुपर्छ, जनतालाई आफनो अनावश्यक आश्वासन दिनुहुदैन ।’
बर्तमान व्यवस्था ल्याउन कुनै एकजनाको मात्र नभएर हजारौको बलिदानी रहेको चर्चा गर्दे मुख्यमन्त्री कडेलले व्यवस्थाको रक्षा गर्न पनि हामी सबैको उत्तिकै दायित्वको रहेको धारणा राखे ।
उनले भने, ‘व्यवस्था भित्र एक आध जनाले कमजोरी गरेका होलान तर त्यही कमजोरीलाई लिएर सिगो व्यवस्थामाथिनै प्रश्न उठाएर असफल बनाउने तिर लाग्ने हामी कोही कसैलाई छुट र्छैन ।’
पुराना दलहरु खत्तम भए भन्दै जान्नेलाई छान्नेको नाममा खोलिएका नयाँ दलहरुको गतिविधि अराजक र उत्श्रृखल रहेको मुख्यमन्त्री कडेलको भनाई थियो ।
उनी थप्छन्, ‘पुराना दलले सबै बरबाद पारे भनेर सत्तोसराप गर्ने नयाँ दलको पनि हालत अवस्था जनताले बुझदैछन । सेवा प्रवाहर सुशासनको क्षेत्रमा देखिएको ढिलासुस्तीप्रति राज्यका निकाय निर्मम हुनुपर्ने बताँउदै मुख्यमन्त्री कडेलले स्थानीय प्रशासनलाई निर्देशन दिदै भने, ‘जनतालाई सेवा दिदा ब्यवसायी रिसाउँछन भनेर लाग्नु भयो भने जनताले राहत पाउदैनन, त्यसैले मेरो आग्रह छ, जनतालाई सेबा दिने नाममा खुट्टा नकमाउनुहोला ।’
राज्यको साधन श्रोतको अझै पनि अभाव रहेको बताउँदै मुख्यमन्त्री कडेलले भएको साधन र श्रोतको सहि सदुपयोग गरेर जान सबैलाई आग्रह गरे।
नेपाल कर्म । २७ कार्तिक २०८१, मंगलवार ०६:२८