जाजरकाेटमा जीप र फाेर्स गाडी दुर्घटनाहुँदा २४ जना घाइते

जाजरकोट । जाजरकाेटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् । सदरमुकामदेखि उत्तर पूर्वमा पर्ने बारेकाेट गाउँपालिकाकाे केन्द्र लिम्सादेखि खलंगा जाँदै गरेकाे जीप बाउसे खाेला र खलंगाबाट नेपालगञ्ज जाँदै गरकाे फोर्स गाडी कुदुमा दुर्घटना भएको हाे ।



नलगाड नगरपालिका-४ को बाउसे खोलामा बोलेरो जिप अनियन्त्रित भएरमा सडकमै पल्टिदा सात जना घाइते भएका छन्। बारेकोटबाट सदरमुकाम खलङ्गा जाँदै गरेको घ.१.ज. ५९५ नम्बरको बोलेरो सोमबार बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ७० वर्षीया ओइला घर्ती, ७१ वर्षीया तुलसी पुन, ६० वर्षीया धनकली थापा, २२ वर्षका आकाश घर्ती, ७८ वर्षीया निलु सिंह, ८० वर्षीया पद्मी घर्ती र ७० वर्षीया जैकली रोकाय घाइते भएका छन् । दुर्घटना घाइते भएका सबै यात्रु बारेकोट २ लिम्साका हुन्।

यता, बा ५ ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगंजतर्फ जाँदै गर्दा जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो ।

२१ सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जाजरकाेट प्रहरीले जनाएकाे छ । गाडी सडकबाट ५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया