कालिकोट जीप दुर्घटनामा परेकाहरूकाे पहिचान खुल्याे

सुर्खेत । कालिकोट सदरमुकामदेखि उत्तरमा पर्ने पलाता गाउँपालिकामा यात्रुवाहक जीप दुर्घटना भएको छ । पलाता गाउँपालिका–३ राडुकाप्रे खोलामा क १ ज ५६ नम्बरकाे बोलेरो जीप दुर्घटनाहुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।



दुर्घटनामा परेर मृत्यु हुनेमा पलाता गाउँपालिका–५ खिनका पदम बम, छायाँ शाही, वडा नम्बर ६ का कुसुम कला शाही, भगवति रोकाया, सोही वडा उखाडीका गणेश शाही र वडा नम्बर ३ का दमन रोकाया छन् ।

दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । घाइते हुनेमा पलता गाउँपालिका ६ का केशव थापा, किशाेर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आसिप रोकाय, भुपेन्द्र रोकाय, स्वदिप रोकाय, ५ नम्बर वडाका दाेली विक, आयुषा विक, वडा नम्बर ३ का दानबहादुर रोकाय, निर्मला रोकाया, जगत रोकाय र चालक धनिराम रावत छन् ।

गम्भीर घाइतेको उद्दार गरेर उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका वडा नम्बर ५ खिनबाट गाउँपालिकाको केन्द्र थिप्रुतर्फ जाँदै गरेको जीप आइतबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

कर्णाली राजमार्गको कर्णाली नदी पारी कच्ची सडकमा बोलेरो जीप चल्ने गरेका छन् । दुर्घटनामा परेकाे जीप कच्ची सडकबाट करिव पाँच सय मिटर तल खसेकाे र घटनाबारे अनुसन्धान भइरहेकाे कालिकाेट प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया