यस्तो छ कालिकोटमा भएकाे जीप दुर्घटनास्थल

सुर्खेत । कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा कर्णाली प्रदेश ००१ ज ५६ नम्बरकाे बोलेरो गाडी दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् ।



गाडीमा २० जना सवार रहेकाे खुलेकाे छ । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ।

उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया