सुर्खेत । आर्थिक अभावले सुर्खेतमा एक बालकको उपचारमा समस्या भएको छ । दैलेखको ठाटिकाँध गाउँपालिका–३ बिशाला घर भई हाल वीरेन्द्रनगर–४, कालागाउँ बस्ने हृदेशकुमार शाहीका डेढ वर्षीया छोरा नेशन शाहीको मृर्गौलामा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको हो ।
जन्मेको १५ दिनदेखि पोष्टेटको बिरामीले थलिएका बालकको अहिले मृर्गौलामा समस्या आएपछि उपचारमा समस्या भएको हो । उनका ठुलोबुवा नरेन्द्र शाहीका अनुसार पोष्टेटकै कारण नेशनको एउटा मृर्गौला ड्यामेज भइसकेको छ भने अर्कोमा सुन्निने समस्या देखा परेको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराईरहेका बालकलाई अस्पतालले भारतको नयाँ दिल्ली लैजान सुझाएको तर, आर्थिक अभावका कारण लैजान नसकिएको शाहीले बताए ।
डाक्टरले उनको थप उपचारका लागि तीनदेखि चार लाख भारु लाग्ने भनेपछि थप समस्या भएको शाहीले बताए । पोष्टेटको उपचार गर्न भारतको लखनउदेखि काठमाण्डौं पु¥याएर २० लाखभन्दा बढी खर्च गरेर निको भएपनि अहिले मृर्गौलामा आएको समस्याको उपचार गर्न सकस भएको भन्दै परिवारले दाता गुहारेका छन् ।
आर्थिक अवस्था कमजोर रहेका बालकका बुवा हृदेश दुई वर्षदेखि घरखेत बेचेर छोराको उपचार सम्भव नभएपछि अहिले मानसिक समस्या परेर भारतमा सम्पर्कविहिन रहेको परिवार स्रोतको भनाई छ ।
बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताले बालकका ठुलो बुवा नरेन्द्र शाहीको मोवाइल नम्बर ९८४३६५८०५५ मा सम्पर्क गर्न सकिने छ ।
नेपाल कर्म । २२ कार्तिक २०८१, बिहीबार १७:३१