सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आज साँझ ६ बजे हुने साफ महिला च्याम्पियनसिप–२०२४ को फाइनल खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाको आयोजना र प्रदेश फुटबल संघको संयोजनमा नेपाल र बंगलादेशबीच हुने खेलको सिटीहलमा प्रत्यक्ष प्रशारण गर्न लागिएको हो । उक्त खेल हेर्न शुल्क लाग्ने छैन ।
बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलोपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली आज मैदानमा उत्रँदै छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।
नेपाल कर्म । १४ कार्तिक २०८१, बुधबार १३:१०