सुर्खेतमा एसएमएल गाडी दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सुर्खेत । सुुर्खेतमा सवारी दुर्घटनामा परी एक जानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त दुर्घटनामा परी पाँच जना घाईते भएका छन् । बिहिबार बिहान जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको एसएमल गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । मृत्यु हुनेमा दैलेखको ठाँटिकाध गाउँपालिका–४, का अन्दाजी ३५ वर्षिय दिपक शाही रहेका छन् । उनको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए ।



घाइतेहरुमा जुम्लाको कन्काइ गाउँपालिका–७, का तुलप्रसाद संन्जेल, जुम्लाकै सिंजा गाउँपालिका–६, का जुद्द बडुवाल र सोही गाउँपालिका वडा नं. १ कि मानि सार्की रहेका छन् । यस्तै, सिंजा गाउँपालिका–७, का लोकेश रोकाय र कालिकोटको पचला झरना गाउँपालिका–३, कि मिस्तरा रोकाय घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ । प्रहरीका अनुसार तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त गाडीमा २९ जना सवार थिए ।

 

तपाईको प्रतिक्रिया