सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित अटो सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन्। आइतबार बिहानैदेखि सञ्चालकहरु वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न चोककाेबीच सडकमा अटो रोकेर आन्दोलनमा उत्रिएका हुन्।
वीरेन्द्रनगर नगरपालिकाले नयाँ रुटप्रमिट जारी गरेपछि अटो व्यवसायीहरू त्यसको विरुद्धमा उत्रिएका छन्। यतीबेला अटो व्यवसायीहरुले पिपिराचोकको सडकमै अटो तेर्साएर अवरुद्ध गरेका छन्।





नेपाल कर्म । ३ असार २०८०, आईतवार १५:५८