सरकारी चालक एशाेसियसन कर्णाली अध्यक्षमा देवकोटा

सुर्खेत । सरकारी तथा संस्थान सवारी चालक एशाेसियसन कर्णाली अध्यक्षमा पुन: श्याम प्रसाद देवकोटा सर्वसम्मत चयन भएका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको एशाेसियसनकाे साधारणसभाले देवकोटाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।



एशाेसियसनकाे उपाध्यक्षमा हरिराम खरेल, सचिवमा गोविन्द प्रसाद सापकोटा, सह-सचिवमा कमलेश रिमाल र कोषाध्यक्षमा लल्लीराम थारू चयन भएका छन् ।

यस्तै सदस्यमा भिम गौतम, मनीराम कडेल, कर्ण बहादुर गाइन, भुपेन्द्र अधिकारी, सन्तोष भण्डारी र वीरवहादुर कार्की छन् । एशाेसियसनकाे वरिष्ठ सल्लाहकारमा टेकनाथ पाैडेललाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया