
कर्णाली । दैलेखमा दसैंयता खुलेआम पेट्रोलमा अचाक्ली मूल्य लिने गरेको पाइएको छ। सदरमुकाम दैलेख बजारमा दुईवटा पेट्रोल पम्प भए पनि तेल नल्याउँदा खुद्रा पसलेहरूले मनपरी मूल्य लिने गरेको पाइएको हो।
सुर्खेतबाट गाडीमा पेट्रोल ल्याएर गुरासेदेखि दैलेख बजार र ग्रामीण बजारमा मनपरी मूल्य निर्धारण गरेर कालोबजारी गरेको पाइएको छ। दैलेखमा बजारमा प्रतिलिटर पेट्रोल २ सय र चुप्रामा १ सय ८० रुपैयाँ लिने गरेका छन्।


ग्रामीण बजारमा २ सय ३० रुपैयाँसम्म प्रतिलिटर पेट्रोल बिक्री हुने गरेको गुनासो उपभोक्ताले गरेका छन्। दैलेखमा पेट्रोलपम्प सञ्चालकको बदमासीले बजारमा पेट्रोलको मूल्य बढेको स्थानीय विनोद सिंहले बताए।
नेपाल आयल निगम लिमिटेडले पछिल्लो समय असोज २९ देखि निर्धारण गरेको पेट्रोलको नयाँ मूल्यअनुसार सुर्खेत र आसपासमा एक सय ५८ रुपैयाँ तोकेको छ, तर खुलेआम उपभोक्ताबीच मूल्य अचाक्ली बढ्दासमेत स्थानीय प्रशासन बेखबर बनेको छ।

नेपाल कर्म । ३ कार्तिक २०८१, शनिबार १३:३६