सुर्खेत । सुर्खेत उपत्यका विकास समितिमा कार्यरत अमिनकाे माेटरसाईकल दुर्घटनामा परेर मृत्युु भएको छ ।
वीरेन्द्रनगर-८ कालिञ्चाेकबाट घरतर्फ जाँदै गर्दा दैलेख राेडकाे आचार्य चिया नास्ता अगाडिको सडकमा माेटरसाईकल दुर्घटना हुँदा अमिन महेश पाैडेलकाे मृत्युु भएको हाे ।

उनी सवार माेटरसाईकल अनियन्त्रित भएर दुर्घटनामा हुन सक्ने अनुमान जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।


दुर्घटनाकाे कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।
५० वर्षीय पाैडेल सुर्खेत उपत्यका नगर विकासकाे कार्यालयमा कार्यरत थिए । उनकाे सव पाेष्टमार्टमकाे लागि प्रदेश अस्पताल कालागाउँकाे सव गृहमा राखिएको छ ।

नेपाल कर्म । २८ आश्विन २०८१, सोमबार २२:५७