काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशका केही स्थानमा दसैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।
बुधबार दसैं विशेष बुलेटिन जारी गर्दै सप्तमी, अष्टमीरनवमी र दशमीका दिन गण्डकी, बागमती, कोशी र मधेस प्रदेशका केही भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेको हो।
आगामी असोज २४, २५ र २६ गते कोशी र मधेस लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ।


कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाले पूर्वानुमान गरेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने देखिएको छ।
दसैंका दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको देखिएको महाशाखाले बताएको छ।

नेपाल कर्म । २३ आश्विन २०८१, बुधबार १७:४८