सुर्खेत। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट यस वर्षको मनसुन बाहिरिन थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार साढे चार बजे जारी गरेको बुलेटिनमा यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागबाट बाहिरिएको छ । त्यस्तै लुम्बिनी प्रदेशका थोरै स्थानबाट पनि यस वर्षको मनसुन बाहिरिएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।


नेपाल कर्म । २० आश्विन २०८१, आईतवार २०:२७