सुर्खेत । कर्णालीमा पशु व्यवसायमा राम्रो उन्नतिका लागि पशुमा गरिने कृत्रिम गर्भाधानलाई व्यवस्थित गर्न तरल पदार्थ (विर्य) भण्डारण कार्यालय स्थापना गर्न लागिएको छ । वीरेन्द्रनगरको पशुपन्छी विकास निर्देशनलायमा परिसरमा भवन निर्माणका लागि इ टेण्डर गरेर वातावरणिय प्रभाव मुल्यांकनको काम थालिएको हो ।

कर्णालीमा तरल पदार्थ भण्डारणका लागि आफ्नै कार्यालय नहुँदा कार्यक्रम अपेक्षाअनुसार गर्न नसकिएपछि मन्त्रालयले कार्यालय स्थापना लागि प्रक्रिया थालिसकिएकाे पशु स्वास्थ्य तथा नियमन शाखाका पशु प्राविधिक कलमबहादुर विश्वकर्माले जानकारी दिए ।
कर्णालीमा कृत्रिम गर्भाधान गराउने कृषकहरुको संख्या अहिले १५० बढी छ । कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, जाजरकोट, रुकुम पश्चिम र सल्यानका कृषकहरुले गाई र भैसींहरुमा कृत्रिम गर्भाधान गर्दै आएको उनी बताउँछन् ।

कृत्रिम गर्भाधानबाट उत्पादनमा वृद्धि हुने र कृषकहरुको आयस्तर बढ्ने भएकाले आफ्नै कार्यालय मन्त्रालयले खडा गर्न लागेको हो । यसका लागि चार करोड बजेट विनियोजन गरिएको छ ।

विश्व पशुपंछी दिवस मनाएको मन्त्रालयले पशु प्रजनन सम्वन्धी समस्या र समाधानका विषयमा छलफल गरेको छ । कृत्रिम गर्भाधान गर्दा पशुको पाठेघरमा असर नपुग्नेगरी कसरी गर्ने भन्ने विषयमा राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जका बरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्रराज सापकोटाले जानकारी गराएका थिए ।
कृत्रिम गर्धाभानले दुध उत्पादनमा वृद्धिसँगै कृषकहरुको समय बचत र नश्ल सुधारसँगै पशुको स्वास्थ्यमा हुने फाइदाका विषयमा पनि सापकोटाले स्पष्ट पारेका थिए । राम्रो नश्लको भालेवाट संकलन गरिएको विर्य भाले खोजेको पोथी पशु (गाई, भैंसी) आदिलाई ठिक समयमा गर्भाशयको ठिक ठाउंमा कृत्रिम तरीकाबाट राखी गर्भाधान गराउने प्रकृयालाई कृत्रिम गर्भाधान हाे ।

नेपाल कर्म । १९ आश्विन २०८१, शनिबार ०७:४०