एभरेस्ट महिला भलिबल लिग: कर्णालीद्वारा ललितपुर पराजित



काठमाडौँ  । एभरेष्ट महिला भलिबल लिगको तेस्रो दिनको खेलमा कर्णाली एसभिएस बिजयी भएको छ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार सम्पन्न खेलमा कर्णाली एसभिएसले बलियो प्रतिद्वन्द्वी ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा हराएको हो । कर्णाली एसभिएसले ललितपुर क्विन्सलाई २५-२२ , २५-२२ र २९-२७ अंकले हराएको हो ।

कर्णालीको यश्चिजको यो लगातार तेस्रो जित हो । ललितपुर क्विन्सको भने यो पहिलो हार हो। सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ । प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ ।

तपाईको प्रतिक्रिया