
सुर्खेत । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य हुने भएको छ ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिइन् ।


सभामुख गुरुङले चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट बसेको बताइन् ।

नेपाल कर्म । १६ आश्विन २०८१, बुधबार ११:५०