विपदमा कर्णाली सरकारको साथ पठायो ५० लाख रुपैयाँ

सुर्खेत । केही दिनअघि काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षासँगैको बाढी र पहिरोले क्षति पुर्‍याएपछि कर्णाली सरकारले राहत कोषमा सहयोग गरेको छ।  कर्णाली सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।



मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकालगायतका देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ।

यस्तै, बैठकले कर्णाली प्रदेशसभाको चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया