सुर्खेत । दैलेखको भैरवी र गुराँस गाउँपालिकामा वातावरण र सामाजिक सुरक्षा सम्बन्धी तालिमको आयोजना गरिएको छ । विकास आयोजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न, दिगो विकासका लागि वातावरणीय र सामाजिक सुरक्षा अन्तरगत समुदायको समावेशी सलग्ना, जोखिम व्यवस्थापनसँगै व्यवसायिक सुरक्षा गर्ने उदेशयले तालिम सञ्चालन गरिएको हो ।

विद्यमान रहेका कानुनहरुको अनुपालन, लगु उद्योग र आयोजनामा वातावरणीय व्यवस्थापन योजना बनाएर कार्यान्वयन गर्ने कुरामा जोड दिइएको नेपाल वातावरण समाज कर्णालीका कार्यक्रम संयोजक धर्मराज महताराले जानकारी दिए ।

जुनसुकै विकास परियोजना वा स्थानीय रुपमा सञ्चालित अन्य गतिविधिहरु वातावरण र विकासका गतिविधि समान्तर हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले जोड दिएका छन् । सहभागीहरुले जनसमुदायको गुनासो एवम् अवसरलाईसमेत सम्बोधन गर्न आग्रह गरेका थिए ।

सहभागीहरुलाई आठ समूहमा तालिम दिइएको छ । तालिममा स्थानीय चार सय पाँच जना सरोकारवालाहरुको सहभागिता थियो । वन तथा वातावरण मन्त्रालय र युएसएआईडी अन्तरगत भदौ २३ देखि असोज ७ गतेसम्म तालिम सञ्चालन गरिएको छ ।
युएसएआईडीको आर्थिक सहयोग रहेको तालिममा आरआइएमसी काठमाडौंले सहजिकरण गरेको हो । गुराँस र भैरवीमा सञ्चालित तालिमको सहजिकरण नेपाल वातावरण समाज कर्णाली संयोजक खगेन्द्र रावलले गरेका थिए ।

नेपाल कर्म । ७ आश्विन २०८१, सोमबार २०:५८