सुर्खेत । वीरेन्द्रनगरकाे उत्तरगंगामा रहेकाे साना किसान कृषि सहकारीले २८ औं वार्षिक साधारणसभा आयोजना गरेको छ । कृषि क्षेत्रमा विविभ कार्यक्रमहरू सञ्चालन गरिरहेकाे सहकारीले गत आर्थिक वर्षमा मात्रै ५१ कराेड बढीकाे काराेवार गरेकाे हाे ।
कार्यक्रममा संस्थाका मुख्य प्रवन्धक चित्रप्रसाद रेग्मीले संस्थाको अवस्था, भविश्यको रुपरेखाका बारे जानकारी गराउँदै गत वर्षमा ५१ कराेड चार लाख ९१ हजार ३७६ रूपैयाँ सहकारीले काराेबार गरेकाे विवरण सार्वजनिक गरेका थिए ।
चालु आर्थिक वर्षमा संस्थाकाे प्रस्थावित काराेबार ५७ कराेड ७२ लाख ९ हजार चार सय सात रूपैयाँ रहने उनले जानकारी दिए । कार्यक्रममा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले साना किसान भनेको साच्चिकै किसानहरुको संस्था भएकाले कृषकहरूकाे क्षमता वृद्धिसँगै किसानकाे आम्दानी बढाउने गतिविधिलाइ जाेड दिन आग्रह गरे ।
उनले प्रदेशकै उत्कृष्ठ संस्थाको रुपमा यस साना किसान कृषि सहकारी संस्था उत्तरगंगा रहेकाले वित्तिय अवस्था, सामाजिक तथा किसानहरु संग जोडिएर पुलको काम गरेको बताए ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले प्रदेश सरकारले दिदै आयको व्याज छुट अनुदान कार्यक्रममा कार्यविधिका कारण उक्त कार्यक्रममा जोडिन नपाएकनले कार्यविधि संसोधन गरेर जोड्न पहल गर्ने बताए ।
कृषि विकास निर्देशनालका निर्देशक परशुराम रावतले विभिन्न कालखण्डदेखि नै यस सहकारीसँग सहकार्य गरीरहेकाले आगामी दिनहरुमासमेत थप सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
नेपाल कर्म । ७ आश्विन २०८१, सोमबार २२:०७