सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा उपचारकाे क्रममा एक सुत्केरीको मृत्यु भएको छ। वीरेन्द्रनगर-६ बस्ने १९ वर्षीया शर्मिला कुमालकाे आईतबार दिउँसो उपचारकाे क्रममा मृत्यु भएको हाे ।
सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना गरिएको शर्मिलाकाे चिकित्सककाे लापरवाहीले मृत्यु भएको आफन्तकाे आराेप छ ।
अस्पतालमा उनलाई रक्तस्राप भएको र आइसियुमा राखेर उपचार गरिएकोमा साेमबार बिहान २:४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
मृत्युपछि शर्मिलाका आफन्तहरू अस्पताल परिसरमा आन्दोलनमा उत्रिएका छन्। थप अप्रिय घटना हुन नदिन ८५ जनाको प्रहरी टोली अस्पतालमा खटाईएकाे प्रहरी उपरीक्षक खड्काले बताए ।
प्रहरीकाअनुसार अहिले पीडित पक्षसंग अस्पताल प्रशासनले छलफल गरिरहेकाे छ । आफन्तहरूले भने अस्पताल परिसरमा दाेषी चिकित्सकलाई कारवाही गर्नु पर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन् ।
नेपाल कर्म । ७ आश्विन २०८१, सोमबार १०:०७