आश्रममा भाेजन अर्पणदेखि नारी सम्मान गर्दै सुर्खेत महिला जेसीज

सुर्खेत । सुर्खेत महिला जेसीजले वृद्धा आश्रममा भाेजन अर्पणदेखि नारी सम्मानसम्मका कार्यक्रम गर्न लागेकाे छ । नेतृत्व विकास र सामाजिक रूपान्तरणका लागि हरेक वर्ष विविध कार्यक्रम गर्दै आएकाे सुर्खेत महिला जेसीजले वर्ष २०२४ अन्तरगत सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर मनाउन लागिएको हाे ।



सप्ताहव्यापी कार्यक्रमकाे उद्घाटन यहीँ असाेज ५ गते तुल्सी स्मृति वक्तृत्वकलाकाे प्रतियाेगिताकाे आयाेजनाबाट शुरूवात गर्न लागिएकाे सुर्खेत महिला जेसीज २०२४ का अध्यक्ष मीना गुरूङले जानकारी दिईन् ।
असाेज ६ गते वृद्धा आश्रममा भाेजन कार्यक्रम, ७ गते भेरी नदी नजिकै रहेकाे आर्यघाट प्रतिक्षालय सरसफाइ, ८ गते प्रभाकारी भाषण कला तालिमकाे आयाेजना गरेकाे छ । यस्तै असाेज ९ गते कानुन साक्षरता कार्यक्रम, असाेज १० गते मानसिक स्वास्थ्य सम्बन्धि सचेतना, असाेज ११ गते जेसीज र हाेप पाेलिक्लिनिक एण्ड डाइगाेनाेस्टिक सेन्टर प्रा.लि. संग समझदारी पत्रमा हस्ताक्षर र अन्तिम दिन असाेज १२ गते नारी सम्मानसँगै पुरस्कार वितरण गरेर सप्ताह समापन गरिने अध्यक्ष गुरूङकाे भनाई छ ।
सप्ताहव्यापी कार्यक्रमलाई सफल पार्न जेसी सीखा साेनी, हिमाली पाण्डे, विजय गाैतम, भीमा शाही, भावना राना, सगुन गिरी, कान्त कार्की, सृजना गुरूङ, बसन्ती कार्की र चन्द्रा थापालाई संयाेजक ताेकेर जिम्मेवारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया