नामिबिया किन गर्दैछ गोही लिलाम ?

एजेन्सी । नामिबियाले ४० वटा गोही लिलाम गर्ने निर्णय गरेको छ। त्यहाँ धेरै नागरिक तथा जनावर गोहीको आक्रमणको सिकार भएको र त्यसलाई ध्यानमा राखेर गोही लिलाम गर्ने निर्णय गरेको नामिबियाको सरकारले जनाएको छ।



अधिकारीहरूका अनुसार त्यहाँ गोहीको संख्या बढेको छ। उनीहरू नियन्त्रण बाहिर गएका छन्।

सरकारी अधिकारीका अनुसार धेरै गोही राष्ट्रिय निकुञ्जबाहिर जाने र त्यसबाट वरपरका बासिन्दाका लागि खतरा उत्पन्न हुने गरेको बिबिसीले उल्लेख गरेको छ।

सरकारी स्रोतका अनुसार ती गोहीहरूलाई उपयुक्त बासस्थान आफूसँग भएको प्रमाणित गर्ने व्यक्तिलाई बेचिनेछ।

तपाईको प्रतिक्रिया