विद्याज्योति निकेतनले सम्पन्न गर्याे अन्तर विद्यालय स्तरीय वक्तित्वकला

सुर्खेत । वीरेन्द्रनगरमा रहेकाे विद्याज्योति निकेतनले अन्तर विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेकाे छ । विद्याज्याेतिले हरेक वर्ष अतिरिक्त क्रियाकलापसँगै अन्तरविद्यालय स्तरीय विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।



साेहिबमाेजिम यो वर्ष पनि ६० औँ बाल दिवसका अवसरमा बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ वक्तित्वकला कार्यक्रमको आयोजना गरिएको हाे । उक्त प्रतियोगितामा २० विद्यालयहरूको सहभागिता रहेकाे थियाे ।

उक्त वक्तित्व कला कार्यक्रमको शीर्षक बाल अधिकारको प्रवर्द्धनमा विद्यार्थीहरूको भूमिका” र “कृत्रिम बुद्धिमत्ताले जीवनलाई सहज बनाउँछ” रहेका थिए । उक्त कार्यक्रमको अध्यक्षता उक्त विद्यालयका प्रधानाध्यापक धुर्वसिंह ठकुरीले गरेका थिए भने उक्त कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्रनगर नगर शिक्षा समितिका प्रमुख धीरेन्द्रप्रसाद शर्मा रहेका थिए ।

त्यसैगरी विशेष अतिथि हरुमा नेसनल प्याब्सन केन्द्रीय उपाध्यक्ष कमल कुमार सिंह, त्यसैगरी नेशनल प्याब्सन जिल्ला अध्यक्ष कुसुमकुमार भट्टराई, नेशनल प्याब्सन जिल्ला सचिव दिनेश दाहाल, प्याब्सन वीरेन्द्रनगर अध्यक्ष हुमलाल भट्टराई, यसैगरी विद्यालयका सञ्चालकसमिति अध्यक्ष विष्णुप्रसाद शर्मा थिए भने, निर्णायक मण्डलहरूमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापकहरू रेशम बिष्ट, रमेश खत्री र ताराप्रसाद पौडेल थिए ।

उक्त कार्यक्रम अत्यन्त सौहार्द पूर्वक सञ्चालन भएको कुरा प्रमुख अतिथिले व्यक्त गर्नुभएको थियो। आगामी दिनहरूमा पनि विद्यालयले यस्ता गतिविधिहरु सञ्चालन गरोस् भन्ने उनकाे अपेक्षा थियो । साथै यस्तो कार्यक्रम सञ्चालन गरेकोमा विद्यालयलाई विशेष धन्यवाद दिँदै विद्यार्थीहरूलाई पनि आफ्नो धन्यवाद व्यक्त गरे ।

यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरूले यो कार्यक्रम अत्यन्त राम्रो भएको बताए । यसरी हुने अन्तरविद्यालय स्तरीय कार्यक्रमले विद्यार्थीहरू माझ भएको प्रतिभाहरुलाई उजागर गर्ने कार्य गर्ने उनले बताए ।
उक्त कार्यक्रमको समापन कार्यक्रममा बोल्दै यस विद्यालयका प्रधानाध्यापकले यो कार्यक्रममा सहभागी विद्यालयलाई विशेष धन्यवाद व्यक्त गरेका थिए । साथै आगामी मङ्सिर २१ गते हुने हिज्जे प्रतियोगिता सहभागी भइदिनु हुन पनि विशेष अनुरोध उनले अनुरोध गरे ।

उक्त कार्यक्रममा प्रथम स्थान हासिल गर्ने विद्यालय सिद्धार्थ पाठशाला, द्वितीय स्थान हासिल गर्ने डी भी निकेतन, तृतीय स्थान हासिल गर्ने कोपिला भ्याली र सान्त्वना स्थान हासिल गर्ने सेलेन्डाइन एकेडेमीका विद्यार्थीहरू रहेका थिए । विजयी विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्र र अन्य सम्पुर्ण सहभागी विद्यालयलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरूको सक्रिय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया