सुर्खेतसहित आठ जिल्लामा भारी वर्षाको चेतावनी

दैलेख । बिहीबार (भोलि) साँझदेखि कर्णाली प्रदेशको सुर्खेतसहित आठ जिल्ला भारीदेखि अति भारीको वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । यो वर्षा २९ गते शनिवार बिहानसम्म देशका पश्चिमी क्षेत्र सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरिएको हो ।



यी जिल्लाहरुमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । ‘सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ ।

भारी वर्षा हुने स्थानमा भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले डुबानको समस्या आउने महाशाखाको भनाइ छ ।

‘शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध छ’, विशेष सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया