सुर्खेतका लागि उडेको श्री एयर विच आकाशबाटै किन फर्कियाे काठमाडौं ?

सुर्खेत । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।



श्री एयरलाइनसको विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

यो श्रीको पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भएको छ ।

तपाईको प्रतिक्रिया