नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । एसीसी महिला इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित भएको छ। हङकङको टिन कोङ रिक्रियसन ग्राउण्डमा बिहान पौने ७ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण अवरुद्ध बनेको हो।



बिहीबारको खेल पनि वर्षाका कारण अवरुद्ध भएपछि भारत ‘ए’ सँग अंक बाँडेको नेपाल सेमिफाइनलका लागि आजको खेल जित्नुपर्ने दबाबमा थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान एसँग पराजित भएको थियो। आजको खेल वर्षाले रद्द भएमा नेपालको सेमिफाइनल सम्भावना समाप्त हुनेछ।

एसीसी महिला टी–ट्वेन्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोली पहिलोपटक सहभागी भएको हो। थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा अवसर पाएको थियो।

प्रतियोगितामा नेपाल हङकङ, भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ। समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन्। प्रतियोगिताको सेमिफाइनल १९ जुनमा र फाइनल २० जुनमा हुनेछ।

तपाईको प्रतिक्रिया