जुम्लाकाे जुवा खोलामा मोटसाईकल खस्दा एक जना वेपत्ता

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिकामा पर्ने जुवा खोलामा मोटरसाईलक खस्दा एक जना वेपत्ता भएका छन् । बुधबार विहान पातारासी गाउँपालिकाको लासिबाट तल्फि जादै गरेको क १ प २८२० नम्बरको मोटरसाइकलसहित चालक खोलामा खस्दा वेपत्ता भएका हुन् ।



लुमको काठ्ठे पुलबाट मोटरसाईल जुवा खोलामा खस्दा पातारासी गाउँपालिका–७ रिनिका २८ वर्षीय हरिकृष्ण बुढा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीले जानकारी दिए ।

वेपत्ता भएका बुडा हिमालयन बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत थिए । मोटरसाईकलमा सवार पातारासी ६ रिनिकै जयराम खड्का ५० मिटर तलबाट उद्दार गरिएको छ ।

वेपत्ता बुढाले चलाइरहेको मोटसाईकलको पछाडी खड्का सवार थिए । खड्का गंगा मावि पेरेका शिक्षक हुनुहुन्छ । गाडी नै वारपार गर्ने पुलको छेउबाट मोटरसाईकल अनियन्त्रित भएर खोलामा खसेको हुनसक्ने अनुमान प्रहरीको छ । वेपत्ता बुढाको खोजी लागि नाग्मसम्मका प्रहरीहरु परिचालन गरिएको प्रमुख कामतीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया