सुर्खेत । सुर्खेतबाट नारायाणघाट जादैँ गरेको बस कपिलबस्तुको बनकसबासामा दुर्घटनामा परेकाे छ । कपिलवस्तुकाे शिवराज नगरपालिका-१ बनकसबासामा दुर्घटना परेपछि सबै यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक हरिबहादुर वलीकाअनुसार सुर्खेतदेखि नारायाणघाट जादै गरेको लु २ ख १५९८ नं.को बस बनकसबासामा दुर्घटनामा परेको जानकारी दिए।


बसमा सवार २६ जना यात्रु रहेकाे र ति सबै घाइते रहेको उनको भनाई छ । घाईतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बांकी छ ।

नेपाल कर्म । १० भाद्र २०८१, सोमबार १७:१०