आन्द्रा फुटेपछि क्यान्सरले थलिए नरबहादुर विक, उपचार गर्न रकम नै छैन

सुर्खेत । ३१ वर्षीय नगरबहादुर विक यतिबेला उपचार गर्ने प्रयाप्त रकम नहुँदा थलिएका छन् । परिवारलाई दैनिक अटो चलाएर खर्चको गुजरा गरिएका नरबहादुर झण्डै एक वर्षदेखि उपचारको अभावमा तड्पीरहेका छन् ।




सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिका–१ सालकोट घर भएका नरबहादुरको गत साउनमा एक्काशी विरामी परे । पेट दुखेपछि उनले शुरुमा स्थानीय स्वास्थ्य चौकीदेखि प्रदेश अस्पतालहुँदै क्यासर अस्पताल भरतपुर चितवनसम्म पुगे । दैनिक अटो चलाइरहेका नरबहादुरलाई आन्द्रामा क्यान्सरको पुष्टि भएपछि बज्रपात आइलाग्यो ।

अन्ततः उनले धेरथोर रकम जम्मा गरेर कोहलपुर मेडिकल कलेजमा गएको पुसमा आन्द्राको अप्रेशन गरे । तर पूर्ण रुपमा निको हुने सम्भावना नभएपछि पेट कोखाबाट फुटेको आन्द्रा बाहिर निकालियो । शुरु शुरुमा अप्रेशनपछि केही सहज भएपनि विस्तारै पेट र अण्डकोष सुनिने जस्ता समस्याहरु देखिन थालेपछि उपचार गर्नै समस्या भएको उनका दाजु शेरबहादुर विकले जानकारी दिए ।

‘सरसापप गरेर भएभरको रकम उपचारमै सकियो,’ दाजु शेरबहादुरले भने, ‘एक वर्षपछि पुनः अहिले अवस्था जटिल बन्दै गएपछि उपचार गर्न सकिएको छैन । अहिले सम्म ऋण काटेरै १५ लाख रकम सकिसक्यो तर रोग निदान भएकै छैन् ।’ भाइको उपचारको लागि कहिले क्यान्सर अस्पताल खजुरा बाँके, कहिले भरतपुर चितवन पु¥याउनु पर्ने भएपनि रकम नहुँदा निकै समस्या भइरहेको उनको भनाई छ ।

‘एक पटक उपचारमै लाखौं खर्च लाग्दो रहेछ, हामी न्यून वर्गीय परिवारले कसरी रकमको जोहो गर्ने,’ शेरबहादुर भन्छन्, ‘मनकारीलाई सक्दो सहयोग गरेर भाइलाई बचाइदिन अपिल गर्दछु ।’ नरबहादुरका ६ वर्षीय छोरा छन् । नरबहादुरलाई सहयोग गर्न चाहने व्यक्तिहरुले ९८६००००१६३ मा फोन गरेर वा विरामीकाे नाममा रहेकाे राष्ट्रिय बाणिज्य बैंक NARA BAHADUR B.K. खाता नम्बर 4420100001956010  सहयोग गरिदिनुहुन दाजु शेरबहादुरले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया