दैलेखमा १३ वर्षीय बालक कुट्ने खड्का पक्राउ

सुर्खेत । दैलेखमा १३ वर्षीय बालक कुट्ने एक जनालाइ दैलेख प्रहरीले पक्राउ गरेकाे छ । शनिबार विदाकाे दिन गाइ बस्तु चराउन जंगल गएका एक बालकलाइ मराणासन्न हुनेगरी कुटपिट गर्ने ३६ वर्षीय युवालाइ दैलेख प्रहरीले पक्राउ गरेकाे हाे ।



शनिवार दिउँसाे जंगलबारमा गाेठाला गएका बेला बालकलाइ कुटपिट गरेकाे आराेपमा नारायण नगरपालिका-७ का ३५ वर्षीय प्रेम खड्कालाइ दैलेख प्रहरीले पक्राउ गरेकाे छ । कारणविनै ति बालकलाइ कुटपिट गरेकाे भन्दै विद्यालयले आवश्यक कानुनी कारवाहीका लागि दैलेख प्रहरी समक्ष निवेदन दिएकाे थियाे ।

खड्काकाे कुटपिटबाट बालकका शरिरमा निलडाम हुनेगरी कुटपिट गरिएकाे छ । ति बालकलाइ शनिवार दिउँसाे करिवब ४ गाईबस्तु चराउन नजिकैको वनमा गएकाे बेला कुटपिट गरेका थिए । फर्केर घर आउदै गर्दा खड्कासंग भेट भएकाे र त्यहीँ बेला उनले कुटेकाे खुलेकाे छ । नाबालकलाई गोरु चुटे जसरी कुटपिट गरि बेहोस बनाएको भन्दै खड्का विरुद्ध बालबालिका अधिकार हनन भएकाले कारवाहीकाे माग राख्दै विद्यालयले प्रहरी समक्ष निवेदन दिएकाे थियाे ।

कुटपिट लगत्तै फरार रहेका खड्कालाइ विद्यालयले दिएकाे निवेदनका आधारमा आइतबार प्रकाउ गरेर घटनाबारे थप अनुसन्धान शुरु गरेकाे छ ।

तपाईको प्रतिक्रिया