दैलेखमा चट्याङ लागेर तीन जना घाइते, एककाे अवस्था गम्भीर

सुर्खेत । दैलेखमा शनिबार साँझ परेकाे चट्याङ लागेर तीन जना घाइते भएका छन् । महावु गाउँपालिका-२ बडाखोला पिपलपाटाकामा चट्याङ खस्दा तीन जना घाइते भएका हुन् ।



घाइते हुनेमा साेही ठाउँका २९ वर्षीय डिल बहादुर सुनार, २२ वर्षीय नगेन्द्र सुनार र ११ वर्षीय महेश सुनार घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ।

घाईते तीनै जना मध्य नगेन्द्र अचेत अवस्थामा छन् ।  मुटुको चालमा समस्या देखिएकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।

तपाईको प्रतिक्रिया