सुर्खेत । लागूऔषध मुद्दामा फरार रुकुमपश्चिमबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमले आठबिसकोट नगरपालिका–३ खदि बस्ने अन्दाजी ४३ वर्षीया कर्णबहादुर खत्रीलाई पक्राउ गरेको हो।
खत्रीलाई जिल्ला अदालत रूकुम पश्चिमबाट लागत नम्बर ६५३/४१४ मा १ वर्ष ४ महिना ८ दिन कैद र पाँच हजार जरिवाना तोकिएको थियो।

प्रहरीले खत्रीलाई उनको घरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमा राखिएको छ।


नेपाल कर्म । २ असार २०८०, शनिबार १०:१५