हुम्ला जीप दुर्घटनामा सात घाईते, गम्भीरकाे हेलीमार्फत उद्दार गरिँदै

हुम्ला  । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको हाे । चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र तीन जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुका ४० वर्षीय रमेश मल्ल छन् ।

मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत, बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।

गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार गर्न सबै प्रकिया पूरा गरेपनि माैैसमका कारण कठिनाइ भएको छ । हुम्लामै हेलिकप्टर रहेकाले त्यहीँ हेलिकप्टर पठाउने तयारीमा स्थानीय प्रशासनले गरेको छ ।

दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो ।

गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया