सुर्खेतमा जहाज उडान प्रभावित, वुद्ध एयर नेपालगञ्ज डाइभर्ट

सुर्खेत । मौसका कारण काठमाडौं–सुर्खेत–काठमाडौं उडान प्रभावित बनेको छ । सुर्खेत उपत्यकामा पानी परेपछि सुर्खेत विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज नेपागञ्ज डाइभर्ट गरिएको हो ।



काठमाडौंबाट विहान ९ः१८ बजे सुर्खेतका लागि उडेको श्री एयरको जहाज १० बजेर ५ मिनेट सुर्खेत विमानस्थलमा अवतरण गरेको छ । अहिले यो जहाज मौसमका कारण सुर्खेत विमानस्थलमै रोकिएको छ । वुद्ध एयरको जहाज काठमाडौंबाट ११ः३० बजे उडेको थियो ।

जहाज उड्दासम्म ठिकै रहेको सुर्खेतमा मौसम अवतरण गर्ने समयमा एक्काशी विग्रिएपछि डाइभर्ट गरिएकाे जहाज १०ः३० मा नेपालगञ्ज विमानस्थलमा अवतरण गरेकाे सुर्खेत विमानस्थलका प्रमुख निराजन काफ्लेले नेपालकर्मलाई जानकारी दिए ।

उनकाअनुसार नेपालगञ्ज डाइभर्ट भएको जहाज सुर्खेत आउने वा उतैबाट काठमाडौं फर्किने भन्ने विषयमा सम्बन्धित जहाज र यात्रुमा भर पर्नेछ । विमानस्थलमा रोकिएको श्री एयरको जहाज भने मौसम खुलेपछि पुनः काठमाडौंका लागि उड्ने प्रमुख काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया