कर्णालीका १३ जना कर्मचारीले पाए सर्वोत्कृष्ट, उत्कृष्ट र निजामति पुरस्कार

सुर्खेत । कर्णाली प्रदेश स्थापनाको दिवसमा अवसरमा कर्णालीका १३ जना कर्मचारी पुरस्कृत भएका छन् । उनीहरुलाई सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामति सेवा पुरस्कार प्रदान गरेको हो ।



निजामती सेवा सर्वोत्कृष्ट पुरस्कार कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्कालले पाएका छन् । खड्कालाई नगद एक लाख राशिको पुरस्कारबाट सम्मानित गरिएको हो ।

निजामती सेवा उत्कृष्ट डाक्टर रविन खड्का र शिखर चपाईलाई प्रदान गरिएको छ । खड्का स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक हुन् भने चपाई भु–तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख हुन् । खड्का र चपाईलाई ७५र७५ हजार नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ।

यसवर्षको प्रदेश निजामती सेवा पुरस्कारबाट १० जना कर्मचारी सम्मानित भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत खगेन्द्र खत्री, कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका ललित थापा, शिक्षा विकास निर्देशनालय सुर्खेतका प्रमुख दिपा हमाल, प्रदेश लोकसेवा आयोगका प्रेमप्रकाश आचार्य, मुख्यमन्त्री कार्यालयका युवाराज न्यौपानेले प्रदेश निजामती सेवा पुरस्कार दिइएको छ ।

यस्तै, जिल्ला उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख नृपजंग शाही, जलस्रोत तथा सिंचाई विकास कार्यालय डोल्पाका इन्जिनियर टेक हितान, कृषि विकास कार्यालय हुम्लकी कृषि विकास अधिकृत सम्पत्ती बुढा, सिंचाई विकास कार्यालय सल्यानका प्रमुख ज्वालाराज शाही र डिभिजन वन कार्यालय रुकुम पश्चिमका शेरबहादुर परियारले प्रदेश निजामती सेवा पुरस्काबाट सम्मानित भएका छन् । उनीहरुलाई ५०र५० हजार नगद र प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यस्तै पत्रकारहरुमा जाजरकोटका अनलाईनखबरकर्मी यज्ञ खत्री, अन्नपूर्णकर्मी राजेन्द्र कार्की र कान्तिपुरकर्मी कालिकोटका तुलराज पाण्डे परस्कृति भएका छन् । उनीहरूलाई जनही ५० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया