जाजरकोट । भूकम्पपीडित बस्दै आएको अस्थायी टहरामा पहिरो खसेको छ । आइतबादेखि परेको वर्षाका कारण आएको उक्त पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका-२, माझगाउँमा भूकम्पका कारण निर्मित अस्थायी टहरा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।


मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार र २ वर्षका छोरा शिभम परियार रहेका छन् । घटना गएराति २ बजेको हुन सक्ने प्रहरीले जनएको छ ।
पाण्डेका अनुसार प्रहरी घटनास्थलतर्फ खटिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

नेपाल कर्म । ३ भाद्र २०८१, सोमबार १०:४९