दशौं राष्ट्रिय खेलकुदकाे दिनगन्ति अहिल्यै नगराैं : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीमै आयाेजना गर्न लागिएकाे दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीप्रतिको भरोसा र विश्वास भएको बताएका मुख्यमन्त्री यामलाल कँडेलले यसबारे गलत सन्देश प्रवाह नगर्न निर्देशन दिएका छन् । निर्माणाधिन प्रदेश रंगशालामा आयोजित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रममा मुख्यमन्त्री कँडेलले दिनगन्ती शुरु गर्नु हताराे भएकाे टिप्पणिसमेत गरेका हुन् ।



‘अहिले नै खेलकुद प्रतियोगिताको लागि दिनगन्ती सुरु हुने बेला  भएको छैन,’ कँडेलले भने, ‘त्यसनुसार अहिलेको व्यवस्थापन कमजोर भएकोले प्रतियोगिता आयोजना हुने कुराले देश तथा विदेशबाट मूल्यांकन हुनेछ । प्राप्त बजेटबाट दक्षता देखाउन खेलकुद परिषदलाई ठाउँ ठाउँ पुगेर विभिन्न माग नराख्न ध्यानाकर्षण गराउछु ।’

गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी दिएका कँडेलले कमजोर आन्तरिक आम्दानी भएको अवस्थामा खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम प्रयास गरी निराश हुन नदिने प्रतिबद्धता जनाए।

आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न भूमिका अनुसारको दायित्व पूरा गर्नुपर्ने उनको भनाई छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेट लगायतका व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाए। कार्यक्रमको अध्यक्षता समेत गरेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले निर्धारित प्रतिस्पर्धी खेलहरुमध्य थप खेलहरु समावेश गर्नका लागि आफ्ना तर्फबाट गर्नुपर्ने कामहरू आन्तरिक रूपमा बढाइरहेको जानकारी दिए।

प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा रहेको प्रष्ट पारे। उनले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु हो र कर्णालीले दुई अंकको पदक लिनु पर्ने चुनौती देखिएको बताए। यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षण सहितका आवश्यक व्यवस्थापनका लागि तयारी भैरहेको बताए। व्यवस्थापनको पक्षमा कुनैपनि किसिमका अभाव हुन नदिन प्रदेश खेलकुद विकास परिषदलाई निर्देशन दिए।

निर्धारित समय अनुसार आगामी मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता कर्णालीमा आयोजना गर्न लागिएकाे छ । प्रतियाेगिता सञ्चालनकै लागि सरकारले प्रदेश गाैरवकाे आयाेजनाकाे रुपमा रंगशाला निर्माणकाे काम जारी राखेकाे छ ।

तर प्रतियाेगिता सञ्चालनकाे मिति नजिकीदै गर्दा अपेक्षाकृति कामले गति लिन सकेकाे छैन् । खेलकुद सम्वद्धका अनुसार यहीँ गतिमा काम भए दशाैं राष्ट्रिय प्रतियाेगिता आगामी मंसीरमा सम्भव छैन् । राष्ट्रिय प्रतियाेगिता कर्णालीमै गर्ने तर कम्तीमा ६ महिनापछि सर्न सक्ने बाहिरी तहमा चर्चा परिचर्चा शुरु हुन थालेकाे छ ।

तपाईको प्रतिक्रिया