यसपाली पुगौँ है सुन्दरताको खानी ‘महाबुधाम’

दैलेख । सात महिना हिउँको कार्पेट । अरू बेलाबाक्लो कुहिरोको पर्दा । छिनमै अँध्यारो, छिनमैउज्यालो । सिमसिमे पानीको वर्षा । जता हे¥यो, उतै हरियाली । अनि, सम्म परेका फाँट । रंगिबिरंगीफूलका मैदान । समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइको प्रसिद्ध महाबुधाम । शब्दमा वर्णन गर्नै कठिन । जो त्यहाँपुग्यो, मनैदेखि भन्छ– वाह, महाबुधाम । धामको बीचमाआँखाभरि देखिने पाटन । सुन्दर पाटनलाई बादलले छिनभरमै ढपक्क ढाक्छ ।



अनि छिनमै दिनले लुकामारी खेल्छ । रंगिबिरंगी फूलहरू हावाको बेगले हल्लि रहँदा त्यहाँ पुग्ने जो कोही पनि स्वर्ग पुगेको अनुभूति गर्छन् । छिनभरमै मौसम परिवर्तन भइरहने महाबुधाममा पुग्ने जो कोही पनि आनन्दको अनुभूति गर्छन् । लेकमै रहेको पोखरी र आसपासमा ढकमक्क फुलेका बुकीकाफूलले अझआनन्दित तुल्याउँछ ।


बिहानीपख सूर्योदयसँगै घामका किरणले मनमोहक बन्छ, महाबुधाम । क्षणभरमै हुस्सु र कुहिरोले पाटनलाई ढाक्छन् । सुन्दर पाटनको बीचमाविशाल ढुंगा । त्यसमाथि ढुंगाबाट बनेको शिवलिंगको मूर्ति । शिवलिंगको पूजाआजा गर्न जनैपूर्णिमाको अघिल्लो दिन महाबु धाममा भव्य मेला लाग्छ । दैलेख, कालीकोट, जाजरकोट, सुर्खेत, काठमाडौं, बाँके, बर्दिया, कैलालीसहित भारतका विभिन्न क्षेत्रबाट भक्तजनहरू आउने गर्छन् ।

धार्मिक मनोकांक्षा लिएर महाबुधाम पुग्ने भक्तजनहरू छिनमै घाम र छिनमै कुहिरोको लुकामारीसँग आनन्दलिने गर्छन् । कुहिरो र हुस्सुलाई घामले हटाएपछि महाबु पाटनबाट तराईका (बर्दियाको राजापुर, बबई नदी, टीकापुर क्षेत्र र बाँकेका सुन्दर फाँट) को दृश्यावलोकन गर्न सकिन्छ । पाटनका बीचबीचमा स–सानाताल, नजिकै केहीगाई गोठ, वरपर चौरमा भेडाच्यांग्रा चरन चरिरहेका मनमोहक दृश्य देखिन्छन्। यी दृश्यहरू हेर्दा कसैले शान्तिभूमिको संज्ञा दिन्छन् त कसैले शिव र पार्वतीले तपस्या गरेको हुनसक्ने अड्कल काट्छन् ।

वरपर हरियो वनजंगलले झनै शालीनर सुन्दर छ, महाबु । चारैतिर सेताम्य बुकी फूलसँगै अन्य रंगीबिरंगी फूलले महाबु क्षेत्र दुहली सिंगारिए झैं देखिन्छ । तराईका फाँट, पहाडका हिम शृंखलाको दृश्य नियाल्न पाइने महाबुधाम पुग्ने पर्यटकले धरहराको संज्ञासमेत दिने गर्छन् । सुन्दर पाटन हेर्न चाहने र धार्मिक आस्था भएका पर्यटकको धरोहरका रूपमा रहेको महाबुधामको महिमा साँच्चिकै गज्जबको छ । पुग्नलाईजत्ति कठिन भएपनि महाबुधाम पुगेपछि भने स्वर्गीय आनन्दलिन सकिन्छ ।

एउटामात्र वर मागे पूरा हुने जनविश्वास
कालीकोट र दैलेखको सिमानामा पर्ने महाबुधाम ४ हजार २ मिटर उचाइमा छ । धार्मिक रुपले यो स्थाननिकै प्रख्यात मानिन्छ । हरेक वर्ष हजारौँ तीर्थयात्रीहरु धार्मिक मेलाभर्न जाने गर्दछन् । धार्मिक हिसाबले एउटा मात्र वर मागे पूरा हुने र लेकमापाईने बुकीलगायतका जुडिबुटीजन्य झारको हावालिँदा शरीरका रोगहरुसमेत निको हुने भन्दै यहाँपर्यटकहरु पुग्ने गर्दछन् ।

करिब ३ हजार मिटरमाथि पुगेपछि रमणीय फाँट देख्न पाईन्छ । फाँटमा भेडा, गाई भैसी चरन देखिन्छ । दमौडाभन्ने स्थानमा जनैपूर्णिमाको अघिल्लो दिन तीर्थयात्रीहरु पुगिसेका हुन्छन् । दमौडामा रहेका धर्मशाला भरिएपछि धेरैजसो तीर्थयात्रीहरु ओडारमै बास बस्नुपर्ने अवस्थाआउने गरेको छ ।

महाबुधाम दैलेख, सुर्खेत, कालीकोट, जुम्ला, नेपालगंज र काठमाडौंका धार्मिक पर्यटकहरुको आर्कषक गन्तब्य बनेको छ । दैलेख सदरमुकामबाट ४२ किलोमिटर दुरिमा रहेको महाबुधाममा यो वर्ष पनि २ सय बढी यातायातको साधनजिपहरु दैलेख सडक हुँदै दमौडासम्म पुग्ने अनुमान गरिएको छ ।

महाबुधाममा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा दुईदिन अघिदेखि पाँच दिनसम्म ठूलो मेलालाग्ने र विशेष पूजापाठ हुने गर्दछ । चिसो लेकाली भू–भागभएकोले महाबुगाथका तीर्थयात्रीहरु न्यानो लुगासँगै काँधमा त्रिशुलबोकेर भजनकिर्तन गर्दै उकालो लाग्ने गर्दछन् ।

यसरी भयो उत्पत्ति
दैलेखको भूर्तिका आचार्य ब्राह्मणका छोरा जलु आचार्य आवाजविहीनथिए। महाबुधाममा ढुंगाबाट उत्पन्नशिवलिंग सबैभन्दापहिले आवाजविहीन आचार्यले भेटाएको किंवदन्ती छ। त्यसबेलागाई, भैंसीपालनगर्न पाटनमा बस्ने गरिन्थ्यो। दूध पर्याप्त मात्रामा उत्पादन हुन्थ्यो। दूधबाट दही, घिउ तथा नौनीहरू तयार गरिन्थ्यो। त्यहाँ बस्नेहरूमध्ये बोल्न सक्नेहरू गाईभैंसी गोठाला जान्थे। बोल्न नसक्नेहरू (आवाजविहीन) हरू गाईभैंसीको मल सोहोर्ने लगायतका काम गर्थे।

सोही क्रममा आवाजविहीन उनै आचार्यले आफूलाई खान दिइएको दूध सधैं ढुंगामा ल्याएर चढाउने गरेको पुजारी नरेन्द्र उपाध्याय बताउँछन् । ‘एक वर्षसम्म ढुंगामा दूध चढाउँदा पनिकिन केही हुँदैन भनेर उनी ढुंगामा बस्दा खेरी ढुंगा हल्लिएको थाहा पाएछन्। त्यसपछि वरिपरि भएका गोठालाहरूलाई बोलाएर के हो ? यो यस्तो हुन्छ भनेपछि गोठालाले खुर्पेटोबाट हसियाँ निकालेर ढुंगामा हान्दा फुटेछ ।

बीचमा शिव लिंग उत्पत्ति भयो,’ पुजारी उपाध्यायले भने। त्यही शिव लिंगलाई अहिलेसम्म पूजापाठ गर्दै आएको उपाध्यायले बताए।  ‘महाबु धाम शिवजीको परम प्रिय धाम भएको उनले बताए।

यस्तो छ, धार्मिक विश्वास
हिन्दूहरूको महानपर्व जनैपूर्णिमाका अवसरमा लाग्ने महाबुधाम (गाथ) मेला दुई दिनदेखि पाँचदिनसम्म सञ्चालन हुन्छ। चर्तुदर्शीका दिनमुख्य पूजापाठ गरिन्छ। मेलामा हजारौं भक्तजन तथा श्रद्धालुहरूले पूजाआजा गर्छन्। जनै पूर्णिमाको अघिल्लो दिन भगवान शिवको पूजाआजा गरी जनैपूर्णिमाको दिन श्रद्धालुहरू घर फर्किने गर्छन्। दैलेखकाआचार्य ब्राह्मणले भैंसीको काँचो दूध चढाएपछि मात्र कालीकोट र दैलेखका अन्य ब्राह्मणद्वारा पूजापाठ सुरु गर्ने प्रचलन कायमै छ।

घाँटीमा दाम्लो बाँधेरै पुग्छन् कतिपय भक्तजन
वर्षभर अन्नअभाव हटाउन, गाईबस्तु र अकालमा मृत्यु हुनबाट बचाउन शिव लिंग पुज्ने चलन छ। गौहत्या (दाम्लोमै पशु चौपाया मरेको खण्डमा) महाबु धाम पुगेपछि पापहरू नास होस् भनेर कयौं श्रद्धालु भक्तजनहरू घाँटीमा दाम्लो बाँधेर पुग्ने गर्छन्।

पशु चौपायाको मोक्ष प्राप्तिका लागि किसानले घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन छ। ‘हजारौं हजार मनोकांक्षा लिएर आएको अवस्थामा त भन्न सकिँदैन, तर एउटा मात्र मनोकांक्षा पूरा होस् भनेर आउने श्रद्धालु भक्तजनहरूको मनोकांक्षा पूरा हुन्छ,’ पुजारी उपाध्यायले भने ‘अहिले पनि दैलेखबाट दूधल्याएर शिव लिंगमा चढाएपछि पूजाआजा सुरु हुने परम्परा छ।’

सन्तान सुख प्राप्तगर्न नसकेकाहरूले यहाँ वर मागे सन्तान प्राप्तिहुने धार्मिक विश्वास कायमै छ। चाँदीकातीन वटा आशागुर्जा, काठका प्रतीकात्मक मूर्ति, गरुढ सहितको चाँदीको पञ्चेबाला तथा अन्य बहुमूल्य वस्तुहरू विशेष पूजाका बेलामा मात्र बाहिर निकालिन्छन्।

पूजापाठका लागिगएका भक्तजनहरूले मुख्य मन्दिरको परिक्रमागर्दा बुकी, दूबो, झारसहित मुखमा घाँस च्याप्ने चलनअहिले पनि कायमै छ। शिवलिंग भएको स्थानलाई सबै तीर्थयात्रीहरूले सात पटकसम्म परिक्रमागर्ने गर्छन्।

हट्यो अनिष्ट हुन्छ भन्ने मान्यता
पहिले–पहिले महाबुधाममा महिला गए ‘अनिष्ट हुन्छ’ भन्ने मान्यता थियो। महिलालाई तल्लो पाटनबाट शिवलिंग भएको स्थानमा जान बर्जित थियो। अहिले भने महिलालाई महाबुधामको दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ। सशस्त्र द्वन्द्वकालदेखि महिलाहरू पनि धाममै पुग्न थालेका छन्।

विशेषगरी सन्तान प्राप्ति नभएका महिला तथा पुरुषहरू धाममा पूजा गरी अनुष्ठानको तिलक ल्याएर फर्किएका श्रद्धालुहरूबाट आशिष थाप्ने गर्छन्। श्रद्धालुहरूलाई आफूले प्रसाद स्वरूप ल्याएको सातु, कसार, फलफूलदिने गर्छन्।

कतिपय आशिष थाप्न बसेका भेटिन्छन् त कतिपय महिलाहरू मागेको फलप्राप्त भएकाले धन्यवाद दिन बाटोमा लाम लागेर बस्ने गर्छन्। तल्लो पाटनबाट भीरको बाटो र जोखिमपूर्ण हुने भएकाले अहिले जाने र फर्कने बाटो छुट्टाछुट्टै बनाइएको छ।

तपाईको प्रतिक्रिया