जाजरकाेट । अविरल वर्षाका कारण पहिरो जाँदा छिन्चु-जाजरकोट खण्ड अवरुद्ध भएको छ। गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

राजमार्ग अन्तर्गतको भेरी नगरपालिका- १३ कुदुदेखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका १२ कालापहाड नजिक पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत छेडागाड नगरपालिका- १२ काडलापहाडदेखि तल्लुबगरसम्मको सडक खण्डको ठाउँ ठाउँमा पहिरो झरेको छ

सडक डिभिजन कार्यालयले बिहानैदेखि यहाँको पहिरो पन्छाउन थालेको छ। चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ। अन्य ठाउँमा जेसीबी नहुँदा काम भएको छैन। पहिरोका कारण सदरमुकाम खलंगाबाटबाहिरिने र सदरमुकाम भित्रिने सवारीसाधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्।


नेपाल कर्म । ३२ श्रावण २०८१, शुक्रबार १७:१८