एमाले ठाँटीकाँधको नवीकरण तथा संगठन विस्तार आभियान, बजायामा १२ जना एमालेमा प्रवेश

सुर्खेत । नेकपा एमाले ठाँटीकाँध गाउँपालिका कमिटी दैलेखले पार्टी सदस्यता नविकरण तथा संगठन विस्तार अभियानलाई तिब्र पारेको छ। सोही अभियानका क्रममा ठाँटीकाँध गाउँपालिका वडा नम्बर ३ बजायमा सोमबार गरिएको छ।



पालिका कमिटी अध्यक्ष कृपाराम थापा, सचिव रमेश विश्वकर्मा लगायत स्थानीय नेता कार्यकर्ताको सहभागीतामा बजायामा पार्टी प्रवेश कार्यक्रम गरिएको छ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग एमालेमा १२ जना स्थानीय नेता-कार्यकर्ता प्रवेश गरेका पालिका कमिटी अध्यक्ष थापाले जानकारी दिए।

उनका अनुसार प्रवेश गर्नेमा नेपाली काङ्ग्रेसका वडा सहसचिव टेकेन्द्र विश्वकर्मा, नेता प्रेम विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट बलीराम भण्डारी तथा लोकेन्द्र शाहीको नेतृत्वमा १२ जना नेता-कार्यकर्ता रहेका छन्।

यस्तै, अध्यक्ष थापाले १२ जना एमाले पार्टीमा प्रवेश गरेसँगै उनिहरुका परिवारका थप ४० जना बढी सदस्य थपिएका बताए।

तपाईको प्रतिक्रिया