सुर्खेतमा भित्रिएकाे “वाई-फाई नेपाल” किस्तामा कसरी जाेड्ने ?

सुर्खेत । सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट सेवा अब सुर्खेतमा पनि शुरू गरिएकाे छ । नेपालकै सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले सुर्खेतकाे वीरेन्द्रनगरमा आफ्नो सेवा विस्तार गरेको हाे ।



घरायसी तथा व्यापारिक ग्राहकहरूको इन्टरनेट सम्बन्धी आवश्यकताहरू र त्यसले हुने थुप्रै फाइदाहरू लाई ध्यानमा राख्दै वाई-फाई नेपालले आफ्ना अफर तथा इन्टरनेटका प्याकेजहरू बजारमा ल्याएको छ।

छिटो, सस्तो तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने दृढताका साथ, नेपालीहरुलाई एक आपसमा जोड्नका लागि मद्दत गर्न वाई-फाई नेपाल प्रतिबद्ध रहेकाे बताइएकाे छ ।

सुर्खेतका ग्राहकहरुले सुपथ मूल्यमा छिटो, सस्तो तथा भरपर्दो इन्टरनेट सेवाको लाभ लिन सक्ने वाई-फाई नेपालका कार्यकारी अधिकृत सत्रुहन पञ्जियारले जानकारी दिए । वाई-फाई नेपालबाट “किस्तामा इन्टरनेट, झनै सस्तो रेट” अन्तर्गत ग्राहकहरूले कुनै पनि अग्रिम एक मुष्ट शुल्क तिर्नु नपर्ने उनकाे भनाइ छ ।

एक वर्षको प्याकेज लिने ग्राहक हरुले हरेक महिना मात्र रु ८४२ को भुक्तानी गरि ५० एम. बि. पि. एस. स्पीडको इन्टरनेट तथा ९२५ रूपैयाँमा प्रति महिनाको भुक्तानि गरि ८० एम. बि. पि. एस. स्पीडको इन्टरनेट जडान गर्न सकिने पञ्जियार बताउँछन् ।

उल्लेखित शुल्कमा १२ महिनाको लागि ५० एम. बि. पि. एस. इन्टरनेटको ८,६००, फाइबर केबल शुल्क ५००, सिङ्गल ब्यान्ड राउटर शुल्क  १,००० गरि कुल १०,१०० पर्न जाने मूल्यलाई मात्र रु. ८४२ प्रति महिना भुक्तानी गरि किस्तामा लिन सकिने कम्पनीले जनाएकाे छ ।

साथै १२ महिनाको लागि ८० एम. बि. पि. एस. इन्टरनेटको ९,६००, फाइबर केबल शुल्क ५००, सिङ्गल ब्यान्ड राउटर शुल्क १,००० गरि कुल ११,१०० पर्न जाने मुल्यलाई मात्र रु. ९२५ प्रति महिना भुक्तानि गरि किस्तामा लिन सकिनेछ।

“वाई-फाई नेपाल” को ५० एम. बि. पि. एस. तथा ८० एम. बि. पि. एस. को इन्टरनेट ३ महिना तथा १ महिनामा समेत उपलब्ध छन् । यसका प्याकेजहरुको बारेमा थप जानकारीका लागि “वाई-फाई नेपाल” को वेबसाइट wifinepal.com.np मा हेर्न सकिने छ ।

सेवा सञ्चालन का लागि सुर्खेत -४, एरी चोकमा कार्यालय स्थापना गरिएको जानकारी दिइएको छ। २ दशक भन्दा बढी इन्टरनेट सेवा सञ्चालनमा अनुभव भएका कम्पनीका कार्यकारी अधिकृत पञ्जियारका अनुसार पश्चिमी क्षेत्रमा उच्च गुणस्तरको वाई-फाई नेपालको सेवा विस्तार, नेपालगंजबाट सुरुवात गरि सुर्खेतमा पनि विस्तार गर्न पाएकोमा वाई-फाई नेपाल परिवार उत्साहित छ ।

विश्वमा अहिले छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व धेरै हुनेभएको, यहि क्रम अनुसार कर्णाली प्रदेशका थप सहर तथा गाउँहरूमा छि‌ट्टै नै आफ्नो सेवा विस्तार गर्दै जाने योजना रहेको उनी बताउँछन्।

नेपालमा थप धेरै ग्राहकहरुमाझ किफायती तथा भरपर्दो इन्टरनेट सेवा पुर्याउने हेतुले थप कामहरू गर्ने कम्पनीको उद्देश्य अनुसार वाई-फाई नेपालको विस्तार सुर्खेतमा भएको छ। कम्पनीले आउँदा दिनहरुमा थप सहर तथा गाउँहरूमा विस्तार गर्ने योजना बनाएको छ।

तपाईको प्रतिक्रिया