ठाँटीकाँध-४ का गोपाल भारतबाट नौ महिनादेखि सम्पर्कबिहीन

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नम्बर ४ का गोपाल विक सम्पर्क बिहीन भएका छन्। उनि भारतबाट विगत नौ महिनादेखि परिवारको सम्पर्कमा नआएका हुन्।



रोजगारीका लागि भारतको हिमालचल प्रदेश पुगेका २४ वर्षीय गोपाल सम्पर्कमा नभएको उनका आफन्तले जनाएका छन्।


गोपालका दाइ नाता पर्ने डेकेन्द्र विश्वकर्माले भारत हिमालचल प्रदेशको कुल्लु मनालीबाट नौ महिना पहिला सम्पर्क बिहीन भएको बताए।

उनका अनुसार नेपाल तथा भारतमा भएका सबै आफन्तहरुकहाँ सोधपुझ गर्दा गोपाल भेटिएका छैन्।

यस्तै, गोपालका आफन्तहरुले उनि कहिकतै भेटिएको खण्डमा परिवारलाई सम्पर्क गरिदिन पनि आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया