उधमशिलता विकासका लागि प्रशिक्षक प्रशिक्षण तालिम

सुर्खेत । दलित महिला संघ (फेडो) र न्याय तथा अधिकार संस्था नेपाल (जुरी–नेपाल)को सयुक्त आयोजना तथा युएन वुमनको साझेदारीमा पाँच दिने उधमशिलता विकासका लागि प्रशिक्षक प्रशिक्षण तालिम बाँकेको नेपालगन्जमा सम्पन्न भएको छ।



दलित, विपन्न र सीमान्तकृत महिलाहरुको आर्थिक सशक्तिकरणका लागि दिगो रुपमा आयआर्जन गर्न सहयोग पुरयाउने उदेश्यका साथ मिति २०८१ साउन २२ देखि २६, सम्म तालिम सञ्चालन गरिएको थियो।

उक्त तालिममा कर्णाली र सुदुरपश्चिम प्रदेशका सुर्खेत, कैलाली र डोटी जिल्ला अन्र्तगतका १० वटा स्थानिय तहबाट महिला पैरबी समूहका सदस्य, स्वयंसेवक गरी जम्मा २५ जनाको सहभागीता रहेको थियो।

उक्त तालीमको उपलव्द्धिरुपमा सहभागीहरुले आआफनो क्षेत्रको व्यावसाय छनौट गरी व्यवसायीक कार्य योजना तयार पारेका थिए।

तालिमको सहजीकरण उद्यमशिलता विकास विज्ञ राजन के।सी। र सविता कोइरालाले गरेकि थिइन्।

तपाईको प्रतिक्रिया