सुर्खेत । डोल्पा र रुकुम पश्चिमबाट भएर बग्ने भेरी नदीमा बाढीको बहाव बढेपछि अलर्ट जारी गरिएको छ । भेरी नदीका जलाधार क्षेत्रमा वर्षात भएपछि नदीमा बाढीको बहाव यो वर्षकै उच्च भएपछि बाढी पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको हो ।

महाशाखाले दिउँसो (आईतबार) १ः५० बजेट अलर्ट जारी गरेको छ । भेरी नदीको रत्न राजमार्गमा पर्ने समौजीघाटमा रहेको बाढी मापन केन्द्रले नदीमा बाढीको तह अहिलेसम्म ७.०६ मिटर पुगेको छ । नदीमा बाढीको बहाव ७ मिटर पुगेमा चेतावनी संकेत हो ।

समौजीघाटमा नदीमा बाढीले ८ मिटर पार गरेमा खतराको संकेत मानिन्छ । नदीमा बाढी बढ्दो क्रममा रहेकाले भेरी नदीभन्दा तलका तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय पालिकासँग समन्वय गरेको छ ।
बराहताल गाउँपालिकाका रानीघाट, पाग्म, डोप्का, तल्लो र माथिल्लो तरंगा, चेपाङ्ग, पञ्चपुरी नगरपालिकाको छामी, बञ्छी, बुटी, मुरुमुरी, जामु, तातापानी र चौकुने गाउँपालिकाको घाटगाउँ बस्ती जोखिमका बस्ती हुन् ।

यहाँ नागरिकहरुलाई नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान भनिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । उनकाअनुसार स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर सावधानी अपाउन अपिल गरिएको छ ।
स्थानीय प्रशासनले आइतबार दिउँसो नै सूचना जारी गरेर नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले भूक्षय लगायतका विपद्हरुबाट मानवीय तथा आर्थिक क्षति हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्दा तथा राहतका लागि मातहतका निकायलाई तयारीमा अवस्थामा राखिएको आर्चाले बताए । भे

नेपाल कर्म । २७ श्रावण २०८१, आईतवार १४:२२