कृषिमन्त्री शाहद्धारा सन्जिवनी भैंसी फर्मको अनुगमन

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सन्जिवनी भैंसी र्फमको अनुगमन गरेका छन्। शनिबार मन्त्री शाहले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ काेलडाँडामा रहेको उक्त भैंसी फर्मको अनुगमन गरेका हुन्।



सन्जीवनी कृषि तथा पशुपालन सहकारी संस्थाबाट सञ्चालित सन्जिवनी भैंसी फर्म करिब ४ विघा जग्गामा रहेको छ। उक्त फर्ममा ६२ वटा भैंसी सबै मुर्रा जातका रहेका सन्जिवनी भैंसी फर्म सञ्चालकका बलबहादुर रोकायले जानकारी दिए।

उनका अनुसार बजारमा पानी हालेको दूध आउने गरेपछि आफुहरुले शुद्ध भैंसीको दूध बजारमा पुर्याउने योजनाका साथ फर्मको स्थापना भएको हो।

साथै रोकायाले फर्मलाई विस्तारै शुद्ध दुध उत्पादनसँगै स्रोत केन्द्रको रूपमा विकास गर्ने योजना रहेको बताए।

यस्तै, अध्यक्ष रोकायाले फर्मको गोठहरुको छाना मर्मत गर्नुपर्ने, भैंसीलाई आहाल बस्नका लागि पोखरी निर्माण, फर्म घेराबार तथा गर्भाधानका लागि एउटा राँगो र गड्यौला मल बनाउनका लागि मेसिनको अति आवश्यक रहेको बताए।

उक्त फर्मको अनुगमनपछि भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सरकारले किसानहरुका लागि दिने भनेको ज्ञान, प्रविधि र बजार रहेको बताए।

मन्त्री शाहले सरकारले किसानका लागि दिने पोलिसि र प्रविधि नै महत्त्वपुर्ण हुने दाबी गरे। साथै उनले किसानले गरेको गड्यौला मल उत्पादन सरकारले बेच्ने कुरामा ध्यान दिने बताए।

तपाईको प्रतिक्रिया