नेपालगन्ज । नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सबको अवसरमा बाँकेमा बुद्धिचाल प्रतियोगिता गरिएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन नेपालगंज विशेष प्रदेश समितिले बुद्धिचाल प्रतियोगिताकाे आयाेजना गरिएको हाे ।

प्रतियोगितामा नेपालगंज वितरण केन्द्रका शरद दर्लामी मगरले प्रथम स्थान हासिल गरेका छन् । दाेस्राे राजापुर वितरण केन्द्रका कपुर चौधरी, तेस्रो घोराही वितरण केन्द्रका दिवाकर प्याकुरेल र सान्त्वना कोहलपुर वितरण केन्द्रका याम बहादुर बोहरा भएका छन् ।



विजेतालाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियोे । प्रतियोगिता यहीँ श्रावण २४ र २५ गते नेपालगंजमा भएको थियो । प्रतियोगितामा विभिन्न ८ वटा कार्यालयका १६ जना प्रतियोगीले सहभागीता जनाएका थिए ।
पुरस्कार वितरण कार्यक्रम कर्मचारी युनियनका केन्द्रीय समितिका अध्यक्ष रामकुमार थेवेको प्रमुख आतिथ्यता तथा प्रदेश अध्यक्ष दिनेश आचार्यको अध्यक्षता भएको थियो ।

नेपाल कर्म । २६ श्रावण २०८१, शनिबार १७:१५